शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

अमेरिकामा एकै दिनमा ७ लाख ३५ हजारमा कोरोना, २ हजार २९ जनाको मृत्यु

दैनिक नेपाल २०७८ माघ ७ गते १९:२५

काठमाडौँ, ७ माघ । अमेरिकामा एकै दिन थप ७ लाख ३५ हजार ६ सय ५२ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

एकै दिन अमेरिकामा २ हजार २९ जनाको मृत्यु भएको छ । धेरै मृत्यु हुने राज्यहरुमा क्यालिफोर्निया, टेक्सस, फ्लोरिडा ,न्युयोर्क र इलिनोइस रहेका छन ।

गत जनवरी २० का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण दुई हप्ताको अवधिमा औसतमा २१ प्रतिशतले वृद्धि भएको छ ।

न्यूयोर्क टाइम्सले जनवरी २१ शुक्रबारको दिन अध्यावधिक गरेको तथ्यांक अनुसार अमेरिकामा हाल सम्म कूल ८ लाख ६० हजार ३ सय १६ जनाको निधन भएको छ भने दैनिक औसतमा ४५ प्रतिशतले मृत्यु दर बढेको छ ।

न्यूयोर्क टाइम्सले दैनिक र दुई हप्ताको औसतमा उक्त तथ्यांक निकालेको हो ।

यसै गरी गत बिहिबारका दिन सम्म कूल ६ करोड ९३ लाख ५ हजार ५ सय ९८ जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल १ लाख ५९ हजार ३ सय ४१ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा ३६ प्रतिसत वृद्धि भएको छ ।

यसै गरि सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ६३.२ प्रतिशत पुगेको छ । अमेरिकामा १८ बर्ष भन्दा माथिकाले पूर्ण खोप ७३.७ प्रतिशतले लगाई सकेका छन् । यसैगरी १२ बर्ष माथिका उमेरकाले ७२.१ प्रतिशत र ५ बर्ष भन्दा माथिका उमेरकाले ६७.२ प्रतिशत पूर्ण खोप लगाई सकेका छन।

त्यस्तै ६५ बर्ष भन्दा माथिका उमेरकाले पूर्ण खोप ८८.१ प्रतिशत लगाई सकेको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म कूल २० करोड ९८ लाख ४२ हजारलाई पूर्ण खोप दिई सकिएको छ । हाल सम्म तेश्रो खोप (बुस्टर डोज –अभिवर्धक खुराक) लिनेको संख्या ८ करोड २४ लाख नाघेको छ ।

कूल जन संख्यामा अभिवर्धक खुराक लगाउनेको संख्या ३९.३ %, ६५ बर्ष भन्दा माथिकाले ६२.५ % ,१८ बर्ष भन्दा माथिकाले ४२.४ % र ५० बर्ष भन्दा माथिका ले ५३.९ % ले लगाएको सिडिसीले उल्लेख गरेको छ । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित