आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

देउवा सरकारको उपलब्धि ६ महिनामा १७७ किमी सडक कालोपत्रे

दैनिक नेपाल २०७८ माघ ७ गते १७:१७

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारले ६ महिनाको अवधिमा जम्मा १७७ किलोमिटर सडक कालोपत्रे भएका बताएका छन् ।

आफ्नो ६ महिने कार्यकाल अवधिमा पहिलोपटक देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सरकारले गरेका उपलब्धिहरुबारे जानकारी गराएका हुन् ।

उनले भनेका छन्, ‘संघको कार्यक्षेत्र अन्तरगत मुलुकभर १७७ किमी सडक कालोपत्रे भएको र २३ सडक पुल निर्माण भइ सञ्चालनमा आएका छन् ।’ ८२ झोलुङ्गे पुल निर्माण भएको र संघीय संसद भवन निर्माण सन्तोषजनक रुपमा भइरहेको उनले बताए ।

भैरहवा र पोखरा विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत उनले बताए । यस वर्षभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गर्ने काम भइरहेको समेत प्रधानमन्त्री देउवाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित