आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

दैनिक नेपाल २०७८ माघ ७ गते १६:२६

काठमाडौँ, ७ माघ । नेकपा माओवादी केन्द्रको माघ ८ गतेदेखि हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

कोरोनाभाइरस संक्रमण तीव्र बढेपछि बैठक स्थगित भएको नेताहरुले जनाएका छन् ।

बैठक अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको हो । पार्टीको आठौँ महाधिवेशनपछिको पहिलो बैठक कोभिड १९ को महामारीका कारण रोकिएको हो ।

प्रतिक्रिया
सम्बन्धित