सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

थप १० हजार ७०३ जनामा कोरोना, ३ को मृत्यु, ६५ हजार बढी सक्रिय संक्रमित

दैनिक नेपाल २०७८ माघ ७ गते १६:१७

काठमाडौँ, ७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १८ हजार ६१८ पीसीआर र एन्टिजेन विधिबाट ४ हजार ४७४ एन्टिजेन परीक्षण गरिएकोमा १० हजार ७०३ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या १० लाख ६ हजार ५९१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७६६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख १९ हजार ५७५ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ जना रहेको छ ।

हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित