आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

माधव नेपालका पार्टीका यी नेता ७ हजार लिटर अखाद्य महसहित पक्राउ

दैनिक नेपाल २०७८ माघ ७ गते १५:०९

काठमाडौँ, ७ माघ । नेकपा एकीकृत समाजवादी पार्टीको सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष नरबहादुर श्रेष्ठलाई प्रहरीले ७ हजार लिटर नक्कली महसहित पक्राउ गरेको छ ।

प्रहरीले श्रेष्ठको मह कारखानामा छापा मार्ने क्रममा ठूलो परिणाममा नक्कली महसहित पक्राउ गरेको हो ।

विना दर्ता अखाद्य मह उत्पादन गरी बेच्नेगरेको सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ज्याठामा रहेको उनको कारखानामा छापा मारी श्रेष्ठ लाइ पक्राउ गरेको छ भने ७ हजार लिटर अखाद्य मह बरामद गरेको छ ।

प्रहरीले अप्रेसन हनीको नाम दिएको उक्ता छापाको विवरण यस्तो रहेको छ ।

प्रहरीले श्रेष्ठका साथबाट निम्न सामाग्रीहरु बरामद गरेको छः

१.गुणस्तरहिन तयारी मह ६०० के.जी.

२.कच्चा तथा गुणस्तरहिन मह ६५०० के.जी. ।

३.ग्लुकोज ५०० के.जी.

४.चिनी १०० के.जी.

५.वेट मेसिन थान–१

६.लेभल मेसिन थान–१

७.सिल मेसिन थान–१

८.पेट्राइज मेसिन थान–१

९.स्टोरेज मेसिन थान–१

१०.स्पर्स हनीका लेभलहरु (स्टिकर)

११.पेट जार अ. १००० पिस

प्रतिक्रिया
सम्बन्धित