सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

काठमाडौँ उपत्यकामा यी सवारीलाई लाग्दैन जोर–बिजोर (सूचीसहित)

दैनिक नेपाल २०७८ माघ ७ गते १४:५४

काठमाडौँ, ७ माघ । काठमाडौँ उपत्यकामा आजै राति १२ बजेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुँदैछ ।

कोरोना संक्रमण तीव्र बनेपछि रोकथामका लागि भन्दै उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले संयुक्त निर्देशन जारी गरेका हुन् ।

जोर बिजोर प्रणालीमा जोरका दिन जोर र बिजोर दिन बिजोर अंकको नम्बर प्लेट भएका सवारी साधन चलाउनुपर्ने हुन्छ ।

यद्यपि प्रशासनले केही अत्यावश्यक सेवा प्रदान गर्न प्रयोग हुने सवारी साधनलाई भने जोर बिजोरमा पनि चल्न पाउने जनाएको छ ।

जसमा औषधि एवं स्वास्थ्य सामग्री बोकेको सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, ग्याँस, पेट्रोलियम पदार्थ, पानी बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) सञ्चालन गर्न पाउने छन् ।

त्यस्तै, खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपंक्षीका दाना एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) सञ्चालन गर्न पाउने छन् ।

त्यस्तै, निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) लाई जोर बिजोर लाग्ने छैन ।

परिचयका आधारमा सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू हुने छैन ।

सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास–परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन र कुटनैतिक नियोगका सवारी साधनमा पनि यो प्रणाली लागू हुने छैन ।

यस्तो छ सूचना:

 

प्रतिक्रिया
सम्बन्धित