आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

नेकपा एमाले काठमाडौंका नवनिर्वाचित पदाधिकारीहरूले गरे पदवहाली

दैनिक नेपाल २०७८ माघ ७ गते ९:२४

काठमाडौं, ७ माघ । नेकपा एमाले काठमाडौं जिल्लाको छैटौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।

काठमाडौं महानगरपालिका–४ मा रहेको जिल्ला कमिटीको कार्यालयमा नवनिर्वाचित अध्यक्ष दीपक निरौला, उपाध्यक्ष नवराज पराजुली, सचिव राजेश शाक्य र उपसचिवहरु तेजप्रसाद ढकाल तथा बिन्दु महर्जनले हिजो बिहीबार पद बहाली गरेका हुन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा इन्चार्ज कृष्णगोपाल श्रेष्ठ, पोलिटब्युरो सदस्य तथा सह–इन्चार्ज कृष्ण राई, केन्द्रीय सदस्य तथा सह–इन्चार्जहरु नारायण सिलवाल, विद्यासुन्दर शाक्य, रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने र प्रदेश कमिटी सदस्य गणेश प्रसाद दुलाललगायतको उपस्थितिमा पदाधिकारीहरूले पदबहाली गरेका हुन् ।

कार्यक्रममा छैटौ जिल्ला अधिवेशनको निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरेको छ ।

त्यस्तै पद वहालीपश्चात् काठमाडौं जिल्ला कमिटीका पदाधिकारीहरुको पहिलो बैठक समेत बसेको छ । अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा बसेको पहिलो बैठकले धन्यवाद ज्ञापन, राष्ट्रियसभा निर्वाचन, स्थानीय तहको निर्वाचन, मातहत रहेका कमिटीहरुको कार्यालय व्यवस्थापन र कोभिड–१९ सम्बन्धी विशेष निर्देशनलगायत विषयमा छलफल गरेर विभिन्न निर्णय गरेको जनाएको छ ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका पदाधिकारीहरूको पहिलो बैठकले गरेका विभिन्न निर्णयहरू विस्तृतमा पढ्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित