आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा, उपाधिका लागि २७ फेब्रुअरी कुनुपर्ने

दैनिक नेपाल २०७८ माघ ७ गते ८:२७

काठमाडौं, ७ माघ । प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई पराजित गर्दै लिभरपुल इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात् कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २–० ले पराजित गर्दै लिभरपुलले फाइनलमा चेल्सीसँगको भेट पक्का गरेको हो । पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

मुख्य फरवार्डद्वय साडियो माने र मोहम्मद सलाहविना खेलिरहेको लिभरपुलका लागि दोस्रो लेगको जितमा दुवै गोल पोर्चुगिज फरवार्ड डिएगो जोटाले गरे । उनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेका थिए ।

इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलको १९औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । उनले ट्रेन्ट एलेक्सान्डर आर्नोल्डको पासमा गोल गर्न सफल भएका थिए ।

७७औं मिनेटमा आर्नोल्डकै पासमा जोटाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै लिभरपुललाई जित दिलाएर फाइनलको बाटोमा डो¥याए ।

अब लिभरपुलले उपाधिका लागि २७ फेब्रुअरीमा प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सीसँग खेल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित