शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

पाकिस्तानको लाहोरमा शक्तिशाली बिस्फोट हुँदा तीन जनाको मृत्यु

दैनिक नेपाल २०७८ माघ ७ गते ८:२१

लाहोर, ७ माघ । पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली बिस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

बिस्फोटमा २० जनाभन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ । बिस्फोटपछि साढे १ फिट गहिरो खाडल परेको प्रहरीले जनाएको छ ।

बिस्फोटको कुनै समूहले जिम्मा लिएको छैन् । बिस्फोटबारे थप अनुसन्धान भइरहेको छ । बिस्फोटपछि सवारीसाधन जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित