आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

मोहन वैद्य नेतृत्वको ‘३३ दलीय मोर्चा’सहित तीनवटा दलको दर्ता खारेज

दैनिक नेपाल २०७८ माघ ७ गते ८:११

काठमाडौं, ७ माघ । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरेको छ ।

दल दर्ता खारेज हुनेमा नेपाल युवा किसान पार्टी, मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद छन् । उनीहरूले समयमै निर्वाच आयोगलाई लेखा परीक्षण प्रतिवेदन नबुझाएका कारण खारेज गरेको बताइएको छ ।

समयमै लेखापरीक्षण पैतिवेदन नबुझाउने दललाई २० हजार रुपैयाँ जरीवाना गर्ने र सो जरीवाना नतिर्ने दलको दर्ता खारेज गर्ने व्यवस्था आयोगमा छ । सोही व्यवस्था अनुसार दल खारेज गरिएको आयोगले स्पष्ट पारेको छ ।

पुस २० भित्रमा लेखा परीक्षण प्रतिवेदन र जरीवाना दुवै नबुझाएपछि आयोगले खारेज गरेको सूचना जारी गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित