
काठमाडौँ, ६ माघ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र सखाप पार्न लागेको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले देउवाले वि. सं. २०५९ साल दोहोर्याउन लागेको संकेत गर्दै लोकतन्त्रको मेरुदण्ड निर्वाचनका लागि आलटाल गरेको बताएका छन् ।
वि. सं. २०५९ सालमा देउवाले तत्कालीन राजा समक्ष लोकतन्त्रको आहुती दिएका थिए ।
यस्तो छ भट्टराईको स्टाटसः
आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । संविधानमा स्पष्ट उल्लेख पनि गरिएको छ । यति आधारभूत र गम्भीर बिषयमा समेत समयमा निर्णय नगरि आलटाल गर्ने कोसिस हुनु गठबन्धन सरकारको २०५९ साल दोहोर्याउने षडयन्त्र हो । लोकतन्त्र जोगाउन यस किसिमका गलत हर्कतको भण्डाफोर गरौ ।












प्रतिक्रिया