
काठमाडौँ, ६ माघ । विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गरेका छन् ।
यसै क्रममा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।
वुधबार काठमाडौँको अस्कल क्याम्पस परिसरमा प्रदर्शन गर्दै अनेरास्ववियु लगायतका विद्यार्थीहरुले प्रधानमन्त्रीको देउवाको पुत्ला दहन गरेका हुन् ।
प्रहरीले प्रदर्शनकारीलाई रोक्न लाठीचार्ज गरेको थियो । जवाफमा विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
वुधबार मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।












प्रतिक्रिया