१९ कार्तिक २०८३, बिहिबार

स्वास्थ्य मापदण्ड पालना नभए त्रिविको परीक्षा रोक्न प्रधानमन्त्रीले दिए निर्देशन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नभए प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका परीक्षा रोक्न निर्देशन दिएका छन् ।

वुधबार त्रिविका जारी परीक्षाहरूमा भौतिक दूरी कायम भए÷नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिँदै उनले यदि मापदण्ड पूरा नभए परीक्षा रोक्न निर्देशन दिएका हुन् ।

हालसम्म त्रिविले परीक्षा स्थगित गर्नेबारे कुनै योजना बनाएको छैन । कक्षाकोठाभित्र त मापदण्ड पालना गर्न सहज भए पनि विशेष गरी परीक्षा हलमा विद्यार्थी आउने जाने क्रममा भने निकै ठूलो भीड लाग्ने गर्दछ ।