८ कार्तिक २०८३, आइतबार

हालसम्मकै उच्च संक्रमण, एकै दिन ११ हजार ३५२ जनामा कोरोना, ४ को मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १८ हजार ७८ पीसीआर र एन्टिजेन विधिबाट ५ हजार ३३१ एन्टिजेन परीक्षण गरिएकोमा ११ हजार ३५२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख ८३ हजार ५५० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख १७ हजार ५४७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४९ हजार ७८३ जना रहेको छ ।

हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२८ जना पुगेको मन्त्रालयले जनाएको छ ।