
काठमाडौँ, ५ माघ । कोरोना संक्रमण तीव्र बनेपछि लोक सेवा आयोगका परीक्षा रोक्नेबारे छलफल हुन थालेको छ ।
बिहीबार बस्ने आयोगको बैठकले त्यसबारेमा निर्णय गर्ने बुझिएको छ ।
आयोगमा कोरोना संक्रमण तीव्र बनेपछि परीक्षाहरु के गर्नेबारे छलफल भइरहेको बताइएको छ ।
आयोगका कर्मचारीहरु पनि नियमित संक्रमित हुँदा आयोगलाई परीक्षा रोक्ने दवाव भएको छ ।
आयोगले माघ ११ गतेदेखि तय गरिएको उपसचिवको परीक्षा स्थगित गर्ने विषयमा आयोगमा छलफल भइरहेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको आदेशले स्मार्ट लकडाउनका निर्देशिकालाई लागू गरेपनि परीक्षा रोक्नेबारे भने केही निर्णय गरेको छैन ।












प्रतिक्रिया