
तुलसीपुर (दाङ), ५ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेले नेकपा एमालेप्रति जनताको आकर्षण झन् झन् बढ्दै गएको बताएका छन् ।
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका–७ वडा कमिटीको आयोजना मोतिपुरमा हिजो मंगलबार भएको टोल कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
एमालेको नेतृत्वमा बनेका सरकारले ल्याएका समाजिक सुरक्षा भत्ता जस्ता लोकप्रिय कार्यक्रम र विकासका कारण अन्य पार्टी छोडेर आउनेको लहर बढ्दै जानु महोत्वपूर्ण उपलब्धि भएको पाण्डेले बताएका छन् ।
तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख समेत रहेका पाण्डेले नेपाली कांग्रेस पार्टी परित्याग गरेर एमालेमा आएका कांग्रेसका नगर सदस्य हरि चौधरीलाई बधाई दिँदै पार्टीलाई बलियो बनाउनका लागि काममा लाग्न आग्रह गरे ।
‘हामी हरेक नागरिकलाई सम्मान गर्छौ । चाहे त्यो हलो जोत्ने होस । चाहे त्यो श्रम गर्ने होस । चाहे त्यो व्यवसायी होस । चाहे त्यो जुनसुकै काम गर्ने किन नहोस । हामी सबैलाइ समान रुपले सम्मान गछौं । त्यो एमालेको विशेषता हो ।’ केन्द्रीय सदस्य पाण्डेले भने ।
वडा कमिटी अध्यक्ष खगेश्वर पराजुलीको अध्यक्षतमा भएको कार्यक्रममा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, उपसचिव कृष्ण भुसाल, जिल्ला सदस्यद्धोय टोपबहादुर घर्ती, डिल्ली भण्डारी लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण तेजप्रसाद पोखरेलले गरेका थिए ।
सो अवसरमा कालुराम चौधरीको अध्यक्षतामा १७ सदस्यीय टोल कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा प्रेम चौधरी, सचिव मनविर चौधरी र सहसचिवमा मोहन चौधरी तथा सूर्य चौधरी रहेका छन् ।
सो अवसरमा नेपाली कांग्रेसका नगर सदस्य हरि चौधरीको नेतृत्वमा १९ जना पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए ।















प्रतिक्रिया