
काठमाडौं, ५ माघ । वैदेशिक रोजगारीका लागि ९९ जना नेपाली कामदार आज बुधबार इजरायल उड्दैछन् ।
इजरायल जाने तयारीमा १२५ जना कामदारमध्ये २६ जनालाई कोरोना संक्रमण देखिएपछि उनीहरूको उडान रद्द भएको र बाँकी ९९ जना आज उड्ने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा हालसम्म ९९४ जना कामदारसँग सम्झौता भइसकेको छ । इजरायल जाने नेपाली कामदारलाई इजरायलस्थित रोजगारदाताले १४ दिन क्वारेन्टिन राख्नेछ ।
विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरेको छ, जसमा ७० प्रतिशत महिला छन् । विभागले दोस्रो चरणमा माघ १४ गते थप १६२ जनालाई इजरायल उडाउने तयारी गरेको बताएको छ ।
विभागका अनुसार आगामी माघ १४ र १५ गते कामदार उड्ने तय भएको छ । दोस्रो चरणमा अघिल्लोपटक बाँकी रहेका १८ जनासमेत उड्ने छन् ।















प्रतिक्रिया