
काठमाडौँ, ४ माघ । कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्युु भएको छ ।
सोमबार साँझ गोदावरीको काठे पुलमा फोटो खिच्ने क्रममा खसेर गम्भीर घाइते भएका अछामका ३९ वर्षीया रुपराज भाटको मृत्यु भएको हो ।
पुलबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी काम विशेषले अछामबाट कोहलपुर पुगेका थिए ।












प्रतिक्रिया