
काठमाडौं, ४ माघ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको फैलावटसँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभर ३० हजार ८७७ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये १९ हजार ३८७ जना काठमाडौं उपत्यकामा मात्रै छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा १३ हजार ६२५, भक्तपुरमा १ हजार ८४६ र ललितपुरमा ३ हजार ५५५ जना सक्रिया संक्रमित छन् ।
अहिले ३० हजार ८७७ जना आइसोलेसन र १०० जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया