९ कार्तिक २०८३, सोमबार

नेपाली कांग्रेसलाई जनताको पार्टी बनाएरै छाड्छौं : आचार्य

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, ४ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य मोहन आचार्यले कांग्रेसलाई जनताको पार्टी बनाएरै छाडिने बताएका छन् ।

हिजो सोमबार नेपाल प्रेस युनियन रसुवाले सदरमुकाम धुन्चेमा आयोजना गरेको नेपाली कांग्रेसको सम्पन्न १४औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सभापति, उपसभापति, सचिव, सहसचिव, जिल्ला र क्षेत्रहरूका सभापतिलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा आचार्यले नेपाली कांग्रेस जनताको पार्टी रहेको र जनताको पार्टी बनाउने बताएका हुन् ।

नेपाली कांग्रेस कार्यकर्ताप्रति मात्र नभई जनताप्रति पनि उत्तरदायी रहेको बताउँदै उनले भने, ‘रसुवामा नेपाली कांग्रेस एकजुट भएर अघि बढेको छ, गएको १४औं महाधिवेशनमा जिल्लाको सर्वसम्मत नेतृत्व चयनले पनि रसुवामा नेपाली कांग्रेस एउटै रहेको देखाएको छ, यो जनताको पार्टी हो, हामी जनताको पार्टी बनाउछौँ, जनताको काम गछौँ ।’

त्यसैगरी प्रेस युनियनले गरेको सम्मानप्रति धन्यबाद दिँदै आचार्यले प्रेस स्वतन्त्रताका लागि नेपाली कांग्रेस सदैब लागिरहेको र प्रेस स्वतन्त्रताका विधेयक पारित गर्न नेपाली कांग्रेस लागि पर्ने पनि बताएका छन् । नेपाली कांग्रेस सधैं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको उनको भनाइ छ ।

जिल्लाको स्वास्थ्य र शिक्षालगायतलाई प्रमुख प्राथमिकतामा राखेर आफूले काम अगाडि बढाइरहेको जानकारी उनले सो अवसरमा दिएका छन् ।