
काठमाडौं, ४ माघ । ‘द भ्वाइस किड्स’का कोच एवम् चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘तिमीले सोचे जस्तो छैन’ गीत सार्वजनिक गरिएको छ ।
यज्ञराज पौडेलको रचना र हरि लम्सालको संगीत रहेको गीतमा सुरज श्रेष्ठको एरेन्ज रहेको छ । पछिल्लो समय म्यूजिक भिडियोमा जमेका जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय र निर्देशन रहेको भिडियोमा छ ।
त्यस्तै बुद्ध थापाको सीनेमाटोग्राफी र बिष्णु खड्काले सम्पादन गरेको भिडियोमा लक्ष्मी र जीवनको अलावा विक्रम श्रेष्ठको पनि अभिनय देख्न सकिन्छ ।















प्रतिक्रिया