
काठमाडौं, ४ माघ । मेहनत र परिश्रमविना कुनै पनि कार्यमा सफलता पाउन असम्भव नै छ ।
अहिलेको एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ । नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार काठमाडौंलाइ कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौं मानिस शहरीकरण हुँदैछन् ।
राजधानी काठमाडौं शहर, सपनाको शहर जहाँ दैनिक हजारौं मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडि बढ्छन्, त्यसै सपनासँग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात् रंगीन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो ।
युवा पुस्ताको आकर्षणमा रहेको रंगीन संसार अर्थात् सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान् ।
त्यस्तै चाहना लिएर मोडलिङको भीडमा आफूलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भविष्य बनाउने योजनाको साथमा अगाडि बढ्दै गरेकी मोडल हुन खुशी अधिकारी अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन् र त्यसैअनुरुप मेहनत पनि गरिरहेकी छिन् ।
मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल खुशी अधिकारीले दर्जनौ म्यूजिक भिडियो, टेलिसिरियल र सर्ट मुभिमा आफ्नो जादुमय अभिनय प्रदर्शन गरिसकेकी छिन् । हट एण्ड बोल्ड सिन दिन समेत तयार उनी जस्तोसुकै परिस्थितिमा पनि चर्चित र लोकप्रिय हुन चाहन्छिन् ।
अभिनयमा पोख्त मोडल खुशी अधिकारी सुन्दर मुहार र आकर्षक शरीरकी धनी छिन् । अनि सुन्दर मुहारनै उनीप्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अझै निखारता ल्याउँदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् ।
मोरङमा जन्मेर हुर्केकी खुशी हेर्दा पनि निकै आकर्षित हाँसीरहने शालीन स्वभावकी छिन् । मोडल खुशी भन्छिन– ‘यदि चलचित्र, सर्ट फिल्म, म्यूजिक भिडियोहरुमा अफर आएमा अभिनय गर्न तयार छु । हट एण्ड बोल्ड मोडल बन्ने मेरो चाहनाबमोजिम मेहनत गर्दै अगाडि बढ्छु ।’
सानै उमेरदेखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने खुशी अभिनयमा पनि आफूलाइ अब्बल दर्जामा राख्न प्रयासरत छिन् । खुशीले भनिन्, ‘अब चलचित्र र मोडलिङमै करिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।’
‘मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानुपर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो,’ उनी भन्छिन्, ‘एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका म आफूमा छ ।’
कलाकारिताको दुनियाँमा आफूलाई हट एण्ड बोल्डरूपमा प्रस्तुत गर्न सामाजिक परिधिभित्र रहेर जस्तोसुकै कला प्रस्तुत गर्ने आँट भएको उनी बताउँछिन् । हट एण्ड बोल्डको अर्थ समाजलाई पाच्य नहुने दृश्य मात्रै नभएको उनको तर्क छ ।















प्रतिक्रिया