
काठमाडौं, ४ माघ । कांग्रेसबाट निर्वाचित रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ का वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेपछि सो वटा जनप्रतिनिधिविहीन भएको छ ।
वडाध्यक्ष शिवपुजन बानियाँ एमालेमा प्रवेश गरेपछि उक्त वडा करिब एक महिनादेखि जनप्रतिनिधिविहीन बनेको हो ।
सोही विषयमा निर्वाचन आयोगले सार्वजनिक सूचना जारी गरेर पद रिक्त रहेको जानकारी दिएको छ । स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरेमा जनप्रतिनिधिबाट हट्नुपर्ने व्यवस्था छ । यो जानकारी निर्वाचन आयोगलाई दिनुपर्छ ।















प्रतिक्रिया