
काठमाडौँ, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई फेरि कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
सोमबार संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना देखिएको अस्पतालका निर्देशक डा. विकास गौचनले जनाएका छन् ।
यद्यपि गुरुङको स्वास्थ्य भने सामान्य रहेको बताइएको छ ।
गुरुङ पोखरा १२, लालिगुराँस टोलस्थित निवासमै आइसोलेसनमा बसेका छन् ।
उनको परिवार, पीएसओ, सवारी चालक र सचिवालयका कसैलाई पनि संक्रमण नदेखिएको बताइएको छ ।
यस अघि उनी वैशाखमा संक्रमित बनेका थिए ।












प्रतिक्रिया