८ कार्तिक २०८३, आइतबार

बढ्दै कोरोना, थप ६ हजार ७३४ जनामा संक्रमण, ३ जनाको मृत्यु, ५४७ निको

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १४ हजार १४ र एन्टिजेन विधिबाट ३ हजार ४५१ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ७३४ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख ६१ हजार ९४० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५४७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख १६ हजार ९८५ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ जना रहेको छ ।

हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२३ जना पुगेको मन्त्रालयले जनाएको छ ।