
काठमाडौँ, ३ माघ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ ।
त्यस क्रममा अर्का एक जना घाइते भएका छन् ।
महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका अनुसार चक्कुले हानेर मातातीर्थ घर भएका गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो ।
प्रहरीले हत्यामा संलग्न आशंकामा दुइ दाजुभाइ अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको छ ।
उनीहरुबीच आपसी झागडाका कारण घटना घटेको बताइएको छ ।












प्रतिक्रिया