
काठमाडौं, ३ माघ। भिडभाड भेला पारी विभिन्न ठाउँको निरिक्षणमा सक्रियता देखाएका पर्यटन, नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण भएको छ।
उनको पिसीआर परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको बताइएको छ।
आइतबारसम्म उनी पशुपति धर्मशालालगायतको निरिक्षणमा सुरक्षाकर्मी, सचिवलगायतका अधिकारी लिएर निरिक्षण अभियानमा रहेका थिए। यस्तै मिडियाको भिडभाडमा उनी चर्को भाषणबाजीमा सक्रिय रहेका थिए।
नारायणहिटीभित्रको क्याफेटेरिया निर्माण बन्द गराएपछि उनका चर्चा चुलिएको थियो।















प्रतिक्रिया