
काठमाडौं, ३ माघ । आजदेखि काठमाडौंमा कोरोनाविरूद्ध बुष्टर मात्रा खोप लगाउन शुरू गरिने भएको छ ।
आज सोमबार काठमाडौंका विभिन्न १७ स्थानबाट कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा लगाउन सकिने बताइएको छ । ललितपुरमा आइतबारदेखि नै बुस्टर मात्रा लगाउन सुरु गरिएको छ भने भक्तपुरमा भोलि मंगलबारदेखि शुरू गरिने जिल्ला जनस्वास्थ्य कार्यालयहरूले जानकारी दिएका छन् ।
तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरूका लागि बुस्टरको मात्रा लगाइने छ । सरकारले माघ १४ गतेदेखि शुरू गर्ने अभियानमा ६० वर्ष र माथिका नगरिकहरूलाई बुस्टर दिने तयारी गरेको छ ।
बुस्टर लिन पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्ने छ ।















प्रतिक्रिया