२ कार्तिक २०८३, सोमबार

‘झ्याईं पारी’मा सुनिल र प्रियाको रोमान्स (भिडियोसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । पछिल्लो समय चर्चामा रहेका भिडियो निर्देशक तथा मोडलमा पर्छन् सुनिल क्षेत्री ।

उनको निर्देशन तथा अभिनयमा एकपछि अर्को गर्दै सार्वजनिक भएका अधिकांस भिडियोहरुले दर्शकहरुको राम्रो साथ पाइरहेका छन् । यसैको मेसोमा क्षेत्रीको निर्देशनमा झ्याईं पारी बोलको गीतको नयाँ भिडियो सार्वजनिक भएको छ ।

डीएआर मुभिज युटयुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा मेलिना राई र बिकेन ल्वागुनको स्वर रहेको छ भने दिपेन्द्र रसाईंलीको शब्दमा गायक ल्वागुनकै संगीत रहेको छ ।

भिडियोमा सुनिल क्षेत्रीको साथमा प्रिया अधिकारी, नरेशविर सिंह एवम् नबिना कार्कीको जोडदार नृत्य घम्सा घम्सी रहेको छ । भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने नबिन घर्ती मगरले सम्पादन गरेका छन् ।