२ कार्तिक २०८३, सोमबार

साथीको विवाहमा गएका सुधिरले करिश्मालाई भगाएपछि…

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत ‘पञ्चेबाजा बजाउँदै’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

विगत दुई दशकदेखि गायन तथा संगीत कर्ममा सक्रिय गायक रेग्मीको सार्वजनिक गीतमा गीतकार तथा संगीतकार येदीन गजमेरको शब्द तथा संगीत सृजना छ । विवाहको माहोल शुरू भएलगत्तै बजारमा ल्याइएको गीतले दर्शक श्रेताको मन छुनेमा आँफु विश्वस्त रहेको गीतकार तथा संगीतकार येदीन बताउँछन् ।

गीतमा पछिल्लो पुस्ताका चर्चित मोडलरूय सुधिर श्रेष्ठ र करिश्मा ढकालको बेजोड अभिनय देख्न सकिन्छ । पञ्चे बाजाको भिडियोमा सुधिर र करिश्मा गज्जबसँग खुलेका छन् । भिडियो हेर्दा लाग्छकी सुधिर र करिश्मा साँच्चिकै बेहुला बेहुली हुन् भन्ने ।

काठमाडौंको गोकर्ण नगरपालिकाको उत्तरबाहीनी मन्दिरमा छायांकन गरिएको भिडियोको निर्देशन पनि गायक रेग्मीले नै गरेका हुन् । पुष्कर सुनुवारको एरेन्ज रहेको गीतमा केशवराज भट्टको कोरियोग्राफी रहेको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।

जुनी गजमेरले निर्माण गरेको भिडियो रिदिन इन्टरटेनमेन्टमार्फत बजारमा ल्याइएको हो ।