८ कार्तिक २०८३, आइतबार

सर्वोच्चका न्यायाधीशसहित २४ जनामा कोरोना संक्रमण

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ माघ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्कासहित २४ जनामा कोरोना संक्रमण भएको छ ।

अदालतले मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

त्यस्तै, आइतबार ३० जना कर्मचारीहरुलाई संक्रमणको आशंकाले परीक्षण गरिएको छ ।

जसमा न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको छ ।

आइतबार परीक्षण गरिएका कर्मचारीहरुको रिपोर्ट आएको छैन ।

त्यस्तै, करिब २० जनाभन्दा बढी अधिवक्ताहरुमा पनि संक्रमण पुष्टि भएको छ ।