
काठमाडौँ, २ माघ । कोरोनो संक्रमण बढेको भन्दै प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ ।
माघ ३ गतेका लागि आह्वान गरिएको बैठक माघ १६ गतेसम्म स्थगित गरिएको संघीय संसदका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै जनाएका छन् ।
कोरोना संक्रमणका कारण बैठक नसक्ने भन्दै माघ १६ गते आइतबार दिउँसो १ बजे बस्नेगरी समय र परिवर्तन गरिएको गौतमले जनाएका छन् ।
त्यस्तै, यस अघि राष्ट्रिय सभाको बैठक पनि स्थगित भइसकेको छ ।













प्रतिक्रिया