१९ कार्तिक २०८३, बिहिबार

पोखरा उडेको गुणको जहाजमा समस्या आएपछि काठमाडौँ फिर्ता

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ माघ । गुण एयरलाइन्सको पोखरा उडेको जहाज प्राविधिक समस्याका कारण पुनः काठमाडौँ नै फर्किएको छ ।

आइतबार बिहान १० बजे पोखराको लागि उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा नै अवतरण गरिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

विहान साढे ८ बजेका लागि उडान भएपनि डिले भएर १० बजे पोखराका लागि उडेको थियो ।

तर ककपिटमा इन्डिकेटरले ढोका लक नभएको सूचित गरेपछि पाइलटले जहाज फर्काएका बताइएको छ ।

हाल जहाजको परीक्षण भइरहेको जनाइएको छ ।