
काठमाडौं, २ माघ । स्थापित बैंकर समेत रहेका गीतकार तथा गायक राजु देवकोटाको ‘तिमी भन्छौं’ बोलेको गीतको म्युजिक भिडियो शनिवार राजधानीमा सार्वजनिक गरिएको छ ।
विज्ञापन बोर्डका अध्यक्ष समेत रहनु भएका वरिष्ठ संचारकर्मी लक्ष्मण हुमागाइँले एक कार्यक्रमबीच म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका हुमागाइँले स्रष्टा देवकोटाको शब्दहरू सहित गायन कला पनि सशक्त रहेको टिप्पणी गरे ।
स्रष्टा देवकोटाका पिता सोमराज देवकोटाको सभापतित्वमा भएको कार्यक्रममा प्राध्यापक डाक्टर टेकनाथ ढकाल, संचारकर्मी, धमेन्द्र सापकोटा, इन्जिनियर दिनेश भट्ट लगायतका वक्ताहरूले गीतकार तथा गायक देवकोटाको भविष्य उज्वल रहेको बताएका थिए ।
स्रष्टा देवकोटाले कोभिड कहरबीचको लकडाउनको समय सदुपयोग गर्दै आफू गीत संगीतमा रमाएको धारणा राखे । म्यूजिक भिडियोको निर्देशन पिटर गुरुङले गरेका छन् भने संगीत आरसी रिमालको रहेको छ ।
म्यूजिक भिडियोमा रोहितकुमार थापा र तृप्ती श्रेष्ठको अभिनय छ । गीतकार तथा गायक देवकोटाको यसअघिको लोकभाकामा आधारित ‘खोली तिरैमा’ बोलको गीत पनि निकै चर्चित भएको थियो ।















प्रतिक्रिया