शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

कौटिन्होको गोलमा म्यानचेस्टर रोकियो, एमबाप्पे चम्कदा पीएसजीको जित

दैनिक नेपाल २०७८ माघ २ गते ८:११

काठमाडौं, २ माघ । दुई गोलको अग्रता जोगाउन नसक्दा प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

सब्सिच्युट ब्राजिली मिडफिल्डर फिलिपे कौटिन्होको गोलमा युनाइटेडले घरेलु टोली एस्टन भिल्लासँग २–२ गोलको बराबरी खेलेको हो ।

कौटिन्हो यसै विन्टरमा क्याटलान क्लब बार्सिलोनाबाट लोनमा प्रिमियर लिग फर्किएका थिए । उनले प्रिमियर लिग फर्किएको पहिलो खेलमै गोल गर्न सफल भएका हुन् । कौटिन्होले यसअघि लिभरपुलबाट प्रिमियर लिग खेलेका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । यो बराबरीसँगै युनाइटेड २० खेलबाट ३२ अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ । भिल्ला २३ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

एमबाप्पे चम्कदा पीएसजीको जित

यसैबीच फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पे चम्कदा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । पिएसजीले घरेलु मैदानमा ब्रेस्टलाई २–० ले पराजित गरेको हो ।

पिएसजीको जितमा एमबाप्पे र थिलो केरहरले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल निस्किएको थियो । पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको ३२औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पीएसजीले १–० को अग्रता लिन सफल भएको थियो । उनले जर्जिन्हो वाइनाल्डमको पासमा गोल गरेका थिए ।

५३औं मिनेटमा थिलो केरहरले नुनो मेन्डेसको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी विजयी हुन सफल भयो ।

प्रतिक्रिया
सम्बन्धित