
काठमाडौं, १ माघ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण तीव्र बनेपछि माघ १० गतेसम्म विदा दिएको छ ।
विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरी अहिले माघ १० गतेसम्म विदा दिने रजिस्ट्रारको कार्यालयले जनाएको छ ।
कार्यालयले जारी गरेको सूचनामा अहिले चलिरहेको परीक्षा भने यथावत सञ्चालन गर्ने उल्लेख गरेको छ । ‘परीक्षा केन्द्रहरुमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने’ सूचनामा भनिएको छ ।
त्यस्तै, आवश्यक भएका विषयमा अनलाइन पठनपाठन गराउने जनाएको छ ।
यस्तै त्रिभुवन विश्वविद्यालयमा कार्यरत कुनै शिक्षक, कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएमा १० दिन विदा पाउनेछन् र उनले काम गर्ने शाखा ३ दिन बन्द हुनेछ ।












प्रतिक्रिया