८ कार्तिक २०८३, आइतबार

एमालेले बुझायो २२ बुँदे ज्ञापन, प्रधानमन्त्री भन्छन्– मेरो तेरो पार्टी नभनी कोरोनाविरुद्ध लडौं

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोनाविरुद्धको अभियानका लागि २२ बुँदे सुझावसहितको ज्ञापनपत्र शनिबार बुझाएको छ।

उपाध्यक्ष सुवास नेम्वाङको नेतृत्वमा सचिव योगेश भट्टराईसहितका नेता प्रधानमन्त्री देउवालाई भेट्न पुगेका थिए। एमालेको ज्ञापन बुझ्दै प्रधानमन्त्री देउवाले अहिले खोप तिव्रताका साथ अघि बढाएको बताए। उनले भने,‘सरकारले खोप सबैलाई लगाउनका लागि तिव्रताका साथ काम गरेका छौं। कोरोनाविरुद्ध मेरो तेरो पार्टी नभनीकन सहकार्यमा लडौं।’

प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सवधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए।