१९ कार्तिक २०८३, बिहिबार

मेडिकल कलेजहरुले बढी शुल्क लिन नपाउने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस । मेडिकल कलेजहरुले चिकित्सा एमबीबीएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क लिन नपाउने निर्णय भएका छन् ।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक एव्म विद्यार्थीहरुको बिचमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस समेतको कार्यक्रमका लागि निर्धारित शूल्क मात्रै लिनुपर्ने निर्णय गरिएको छ ।

विद्यार्थीहरुले अतिरिक्त शूल्कको विरोध गर्दै आएका थिए ।