बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एकैदिन थपिए ५ हजार ८७ जना संक्रमित, ३०६ जना निको हुँदा ३ जनाको मृत्यु

दैनिक नेपाल २०७८ पुष ३० गते १६:२७

काठमाडौं, ३० पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर १३ हजार ४७४ जनामा आरटी–पीसीआर गर्दा ४ हजार २०४ जना र ७ हजार ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८८३ जना गरी आज ५,०८७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख ४५ हजार ५०१ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६१० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०६ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख १५ हजार ६५३ जना पुगेको छ । यो कुल संक्रमितको ९६.५ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४९ लाख ८१ हजार २६० जनाको स्वाब ९नमूना० परीक्षण गरिएको छ भने अहिले १८ हजार २३५ जना आइसोलेसन र ११५ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित