शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोपा इटालियाको क्वाटरफाइनलमा पुग्यो एसी मिलान

दैनिक नेपाल २०७८ पुष ३० गते १०:२४

काठमाडौं, ३० पुस । अतिरिक्त समयमा जिनोआमाथि पूनरागमन जित निकाल्दै एसी मिलान कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा मिलानले जिनोआमाथि ३–१ को पूनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । मिलानको जितमा ओलिभर जिरुड, राफयल लियो र एलेक्सिस सइल्समेकर्सले गोल गरे ।

जिनोआका लियो ओस्टिगार्डको गोल सान्त्वना बन्यो । मिलानोमा बिहीबार राति भएको खेलको १७औं मिनेटमा लियोको गोलबाट मिलान खेलमा पछि परेको थियो । उनले मानोलो पोर्टानोभाको पासमा गोल गरेका थिए ।

७४औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले थियो हर्नान्डेजको पासमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याएका थिए । अतिरिक्त समयको १०२औं मिनेटमा सब्सिच्युट राफयल लियोले गोल गर्दै मिलानलाई खेलमा २–१ को अग्रता दिलाए ।

६२औं मिनेटमा एन्टी रेविचको स्थानमा मैदान छिरेका लियोले अर्का सब्सिच्युट ब्राहिम डियाजको पासमा गोल गरेका थिए । ११२औं मिनेटमा एलेक्सिस सइल्समेकर्सले गोल गर्दै मिलानको जित पक्का गरे । उनले थियो हर्नान्डेजको पासलाई सदुपयोग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित