शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कविन्द्र र सुमिनाको ‘महल नहोला’ म्यूजिक भिडियोसहित सार्वजनिक

दैनिक नेपाल २०७८ पुष ३० गते १०:१०

काठमाडौं, ३० पुस । एक गरीब अपाङ्ग बुढा र रोगी बुढीको अपुरो अमर प्रेम कथालाई समेटिएका ‘महल नहोला’ बोलको गीत यतिखेर सामाजिक संजाल टिकटकमा भाइरल भइरहेको छ ।

चर्चित गायक कविन्द्र तामाङ र सुमिना लोको स्वर रहेको उक्त गीतलाई दर्शक श्रोताहरुले अत्याधिक मन पराइरहेका छन् । शब्द तथा संगीत कबिन्द्र तामाङकै रहेको उक्त गीतमा अपाङ्ग श्रीमानको भूमिकामा काजी लामा र रोगी श्रीमतीको भूमिकामा सुस्मा मोक्तान रहेका छन् ।

कर्साङ तामाङले एरेन्ज तथा मिक्सिङ र काजी लामाको निर्देशनमा भनेको उक्त गीतको भिडियो निक्कै मार्मिक रुपमा प्रस्तुत भएका छन् ।

एकपछि अर्को सफल गीत दिँदै आएका गायक तामाङ नेपाली सांगीतिक बजारमा सम्भावना बोकेको गायकको रुपमा उदाएको छ ।

प्रतिक्रिया
सम्बन्धित