२ कार्तिक २०८३, सोमबार

‘चरी बनैमा’ गीतको म्यूजिक भिडियोमा साया र सूर्यको दमदार अभियन (भिडियोसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । नेपाली लोक दोहोरी गीतमा सक्रिय गायक सूर्य खड्का र गायिका सीता श्रेष्ठको स्वरमा रहेको ‘चरी बनैमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

फरक धारमा निर्माण भएको गीतमा मौलिक पनका साथै प्रेमी–प्रेमीकाबीचको प्रेमको भावलाई समेटिएको छ । सूर्य खड्काको शब्द तथा लय सृजना गीतमा छ ,

आफ्नी मायालु प्रेमीकालाई आफूले निकै मन पराएको कुरा गीतमार्फत प्रस्तुत गरिएको गायक सूर्य खड्काले बताए । दुर्गा पौडेलको छायाँकन, प्रकाश धमलाको सम्पादन तथा दुर्गा पौडेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।

म्यूजिक भिडियोमा साया भण्डारी, निक शर्मा र सूर्य खड्काको अभिनय छ ।