
वाशिङ्टन, २९ पुस । अमेरिकी उपविदेशमन्त्री वेन्डी शरमनले रुसले पश्चिमसँग कूटनीति वा मुठभेडमध्ये एउटा रोज्नैपर्ने भन्दै चेतावनी दिएकी छन् ।
उत्तर एट्लान्टिक सन्धी संगठन नेटो र रुसबीच भएको वार्तापछि बोल्दै उनले त्यस्तो चेतावनी दिएकी हुन् । युक्रेनको विषयलाई लिएर देखिएको तनाव घटाउने उद्देश्य सहित ब्रसल्समा नेटो–रुस काउन्सिलको वार्ता भएको थियो । सन् २०१९ यता उक्त काउन्सिलको यो पहिलो भेट भएको हो ।
रुसी उपविदेशमन्त्री अलेक्सान्डर ग्रुस्कोले नेटोले मस्कोको मागहरूबारे आफूलाई अनुकूल हुने मागमात्रै सम्बोधन गर्न नसक्ने बताए । रुसको मागको सूचीमा युक्रेन कहिल्यै नेटोमा सामेल हुनहुन्न भन्ने पनि रहेको छ ।
युक्रेनसँगको सीमा नजिकै दशौँ हजार रुसी फौज एकट्ठा भएका छन् र त्यसले आक्रमणको आशङ्का गराएको छ । तर उपविदेशमन्त्री शरमनले प्रगति गर्नसकिने क्षेत्रहरू रहेको बताइन् र रुसले अब के चाहन्छ भन्ने निर्णय गर्नुपर्ने बताइन् ।
उनले अमेरिका र नेटो सबै खालको सम्भावनाका लागि तयारी गरिरहेको बताइन् । वेन्डी शरमनले जबर्जस्ती बैठकलाई ‘कूटनीतिको शक्तिको उल्लेखनीय अभिव्यक्ति’ भनी घोषणा गरेकी छन् ।
उनले रुसले चुनौती दिएको भन्नेबारे नेटो सदस्यहरूमाझ मुख्य सिद्धान्तको समर्थनमा ‘पूर्ण एकता’ रहेको बताइन् ।विदेशमन्त्रालयले एउटा बलियो साझा स्थान बनाउनका लागि अमेरिकी प्रयासबारे कसैलाई पनि दुविधामा राखेको छैन ।
शरमन आफ्ना समकक्षी सेर्गेइ रिब्कोफलाई राम्ररी चिन्छिन् । उनीहरूले यसअघि सिरिया र इरानी हतियार नियन्त्रणका मुद्दामा सँगै काम गरेका थिए । आठ घन्टा लामो बैठकमा कुनै सम्झौता नभए पनि रिब्कोफले अमेरिकीहरूले रुसी प्रस्तावहरूबारे गहिरो रूपमा अध्ययन गरेको स्वीकार गरे ।
रुसले थुप्रै मागहरू जारी गरेको छ जसले नेटोलाई पूर्वतर्फ थप विस्तार गर्न रोक्ने उद्देश्य राखेको छ । आफ्नो सीमा नजिकै नेटोको उपस्थिति घटाउने उद्देश्य पनि रुसको रहेको छ ।
नेटोले भने ती मागहरू पूर्ण रुपमा अस्वीकार गरेको छ तर हतियार नियन्त्रण र सैन्य अभ्यास सीमित पार्नेजस्ता अन्य विषयमा भने वार्ता गर्न इच्छुक रहेको जनाएको छ । सन् १९४९ मा स्थापना भएको नेटो प्रतिरक्षाका लागि बनेको गठबन्धन हो र यसमा ३० राष्ट्र सदस्य छन् ।
हिजो बुधबार ब्रसल्समा भएको वार्तापछि बोल्दै ग्रुस्कोले थप सहकार्यले युरोपेली सुरक्षालाई अप्रत्याशित परिणामहरू दिनसक्ने बताए । उनले नेटोको पूर्वतर्फको विस्तारले आफ्नो देशका लागि अस्वीकार्य खालका खतराहरू पैदा गरेको बताए ।
नेटोका प्रमुख यान्स स्टोलटनबेर्गले मस्कोको मागहरूमा केही गर्न नसकिने र त्यसमा युक्रेनको सदस्यतालाई रोक्ने विषय पनि परेको बताए । उनले युरोपमा अझै पनि नयाँ सशस्त्र द्वन्द्वको वास्तविक खतरा रहेको भन्दै चेतावनी दिएका छन् । बीबीसीबाट















प्रतिक्रिया