२ कार्तिक २०८३, सोमबार

विजय र सुदिताको ‘ओके छ त’ सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । गायक विजय शंखर र गायिका सुदिता राईको युगल स्वरमा ‘ओके छ त’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको यस गीतलाई गायक विजय शंखर र मुनाल शिशिर कोइरालाले सयुक्त रुपमा लेखेका हुन् । दिपकराज बिश्वकर्माले संगीतवद्द गरेको यस गीतलाई कुशल सिंहले संगीत संयोजन गरेका हुन् ।

गोदावरीमा छायाँकन गरिएको भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका हुन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोमा सुधिर श्रेष्ठ र सुनिशा बजगाईं फिचर्ड छन् । मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ड्याडी एण्ड डटर्स’ नामक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।