शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भारतमा एकैदिन थपिए करिब दुई लाख कोरोना संक्रमित

दैनिक नेपाल २०७८ पुष २८ गते ८:१४

काठमाडौं, २८ पुस । भारतमा एकैदिन दुई लाख नजिक कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

मंगलबार १ लाख ९३ हजार ७ संक्रमित पुगेका छन् । त्यसैगरी ६० हजार १४८ जनालाई निको हुँदा ४४२ जनाको ज्यान गएको छ ।

सक्रिय संक्रमित थप एक लाख ३२ हजार बढेका हुन् । भारतमा कुल सक्रिय संक्रमित ९ लाख ४७ हजार पुगिसकेका छन् । भारतमा २५ डिसेम्बरदेखि कोरोनाको तेस्रो लहर शुरु भएको हो । लगातार छैटौं दिन संक्रमित एक लाख भन्दा बढी थपिएका छन् ।

दिल्लीमा मंगलबार मात्रै २३ जनाको ज्यान गएको छ । महाराष्ट्रमा २२ जनाको ज्यान गयो । दिल्लीमा ३ दिनमा ५७ जनाको ज्यान गएको छ ।

उत्तर प्रदेशमा संक्रमित ६ गुणा बढेका छन् । अहिलेसम्म भारतमा ३ करोड ६० लाख मानिसलाई कोरोना भइसकेको छ । ४ करोड ४६ लाखलाई निको हुँदा ४ लाख ८४ हजार ६५५ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित