१ कार्तिक २०८३, आइतबार

इंग्लिस प्रिमियर लिग : साउथह्याम्टनको सानदार जित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले सानदार जित निकालेको छ ।

साउथह्याम्टनले घरेलु मैदानमा ब्रेन्टफर्डमाथि ४–१ को फराकिलो जित आत्मसात गरेको हो । घरेलु मैदान सेन्ट मेरिजमा मंगलबार राति भएको खेलमा साउथह्याम्टनको जितमा जान वेडनारेक, अर्मान्डो ब्रोजा र चे एडाम्सले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

ब्रेन्टफर्डका भिटाली जानेल्टले एक गोल फर्काए । खेलको पाँचौं मिनेटमा जान वेडनारेकको गोलबाट साउथह्याम्टनले सुरुवाती अग्रता लिएको थियो । २३औं मिनेटमा भिटाली जानेल्टले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

३७औं मिनेटमा अल्भारो फर्नान्डेजले आत्मघाती गोल गरेपछि साउथह्याम्टनले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । ४९औं मिनेटमा अर्मान्डो ब्रोजाले गोल गर्दै खेललाई ३–१ को आरामदायी स्थितिमा ल्याउँदै टोलीलाई सहज जिततर्फ अघि बढाए । ७०औं मिनेटमा चे एडाम्सले गोल गर्दै टोलीको जित पक्का गरे ।

जितसँगै साउथह्याम्टन २० खेलबाट २४ अंक जोडेर ११औं स्थानमा उक्लन सफल भएको छ । पराजित ब्रेन्टफर्ड २३ अंक जोडेर १३औं स्थानमा झरेको छ ।