१० कार्तिक २०८३, मंगलबार

प्राविधिक प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । प्राविधिक प्रहरी नायव महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पदोन्नति भएका ४ जना प्राविधिक प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा हिजो सोमबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका हुन् ।

दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. फणिन्द्र बराल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरु डा. अभिमन्यु श्रेष्ठ, डा. बिपिन कुमार श्रेष्ठ र प्राविधिक प्रहरी नायव उपरीक्षक भुलाराज खनाल छन् ।

उनीहरूलाई सरकारले पुस २३ गते मन्त्रीस्तरीय र पुस २५ गतृको सचिवस्तरको निर्णयबाट पदोन्नती गरेको थियो ।