१० कार्तिक २०८३, मंगलबार

कोरोना भाइरसको संक्रमणबाट जोगिन सतर्कता जरुरी छ : माधव नेपाल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कोरोना भाइरसको संक्रमण दर तीव्र वृद्धि भइरहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले आफ्नो पार्टीको सभा, सम्मेलनलगायत गतिविधि स्थगित गर्न निर्देशन पनि दिएका छन् । हिजो सोमबार एक विज्ञप्ति जारी गर्दै उनले धेरै मानिसहरु सहभागी हुने सभा सम्मेलन स्थगित गर्न निर्देशन दिनाका साथै आन्तरिक बैठक तथा प्रशिक्षण कार्यक्रममा पनि सकेसम्म वैकल्पिक माध्यम अपनाउन आग्रह गरेका हुन् ।

‘धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरु हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपराउन समेत निर्देशन गरिन्छ,’ उनले भनेका छन् ।

यस्तो छ विज्ञप्ति–