शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

पुष्पा भण्डारीले जितिन् ढाका म्याराथनमा कास्यपदक

दैनिक नेपाल २०७८ पुष २७ गते ६:१२

काठमाडौं, २७ पुस । नेपालकी धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा कास्यपदक जितेकी छिन् ।

बंगलादेशको ढाकामा सोमबार भएको म्याराथनको महिलातर्फ पुष्पाले निर्धारित दूरी २ घण्टा ५७ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितेकी हुन् । उनले गत वर्ष स्वर्ण जितेकी थिइन् ।

गत वर्षको भन्दा राम्रो समय निकाले पनि उनी भारतीय खेलाडीसँग पछि परिन् । उनले गत वर्ष स्वर्ण जित्ने क्रममा २ घन्टा ५९ मिनेटको समय निकालेकी थिइन् ।

महिलातर्फ भारतकी आरती पटेलले २ घण्टा ५३ मिनेट २८ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन् । भारतकै ज्योति गावटीले २ घण्टा ५४ मिनेट १४ सेकेन्डको समय निकाल्दै रजत जितिन् ।

पुरुषतर्फ नेपालका किरण सिंह बोगटी पाँचौं भए । बोगटीले निर्धारित दुरी २ घण्टा २३ मिनेट ४३ सेकेन्डमा पुरा गरे । उनले यस वर्षको उत्कृष्ट समय निकालेका हुन् ।

पुरुषतर्फ भारतका बुगाथा श्रीनुले २ घन्टा १६ मिनेट २६ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते भारतकै अर्जुन प्रधानले २ घन्टा २० मिनेट ०६ सेकेन्डमा दुरी पूरा गर्दै रजत जिते । भारतकै बेल्लिएप्पा तेस्रो तथा बहादुर सिंह धोउनी चौथो भए । नेपालकै नरेन्द्र सिंह रावतले २ घन्टा ३२ मिनेट १० सेकेन्डको समय निकाल्दै नवौं स्थानमा रहे ।

नेपाली टोली ७ जनवरीमा त्यसतर्फ प्रस्थान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित