२ कार्तिक २०८३, सोमबार

न्ह्यू बज्राचार्यको संगीत र रानीको स्वरमा ‘तिमी चल्छौ यो मुटुमा’ सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । नेपाली सांगीतिक क्षेत्रका प्रख्यात संगीतकार न्ह्यू बज्राचार्यको कर्णप्रिय संगीत र गायिका रानी शाक्यको सुमधुर स्वरमा ‘तिमी चल्छौ यो मुटुमा’ गीत म्यूजिक भिडियोसहित सार्वजनिक गरिएको छ ।

गीतकार तुलसी बस्नेतको शब्दरचना रहेको गीतको भिडियोमा विशाल गुराउ, कविता थामी र सुनिल विकेको अभिनय छ ।

मध्यमवर्गीय समाजको प्रेमकथालाई प्रस्तुत गरिएको भिडियोलाई बी पाण्डेले निर्देशन गरेका हुन् । गायिका शाक्यको अफिसियल च्यानल ‘रानी शाक्य’बाट म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।